काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले निर्वाचन कसैले रोक्न नसक्ने बताउनुभयो। कुनै गुटको दवावमा निर्वाचन रोक्न नमिल्ने भन्दै महासचिव पौडेलले तोकिएकै मितिमा निर्वाचन हुने समते बताउनुभयो । निर्वाचनका लागि अनुकूल वातावरण तयार गर्न सबै सञ्चारकर्मीलाई आग्रह गर्दै ओली नेतृत्वकै नेकपाको नेतृत्वमा निर्वाचन हुने बताउनुभयो । प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले निर्वाचनका लागि सरकारले सम्पूर्ण तयारी गरेको स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री समेत रहेका महासचिव पौडेलले तोकिएको समयमा चुनावमा हुने समेत दाबी गर्नुभयो आगामी वैशाख १७ र २७ गते नै प्रतिनिधि सभाको चुनाव हुन्छ। त्यसका लागि सरकारी निकायले तयारी थालिसकेका छन्। कोही–कोहीले चुनाव हुँदैन भनेर भ्रम छरिरहेका छन्। तर, तपाईंहरु ढुक्क हुनुहोस् चुनाव हुन्छ,’ उहाले भन्नुभयो । अर्को प्रसंगमा उहाले पार्टी एकता जोगाइरहन आफूहरुले धेरै प्रयास गरेपनि अर्को पक्षले नमानेको आरोप लगाउनुभयो । सरकारलाई काम गर्न नदिएपछि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको उहाको भनाई छ। महासचिव पौडलले संसद विघटनबारे सर्वोच्चले गर्ने निर्णयलाई आफूहरुले स्वीकार्ने पनि बताउनुभयो । तर, संसद् पुनःस्थापनाको सम्भावना नरहेको उहाले दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !