काठमाडौं ।  ।प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस लम्बिने देखिएपछि संवैधानिक इजलासले कानुन व्यवसायीहरूका लागि समय निर्धारण गरेको छ । सर्वोच्च अदालतको संबैधानिक इजलासले सुनुवाइको चौथो दिन आज बहसका लागि कानुन व्यवसायीको समय निर्धारण गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सुनुवाईमा सहभागी कानुन व्यवसायीलाई बहसको समय आधा घण्टा निर्धारण गरिएको बताउनुभएको थियो । न्यायाधीश अनिलकुमार सिन्हाले बहस लामो हुँदा फैसलामा ढिलाइ हुने भएकाले छोटो गर्न आग्रह गर्नुभएको थियो ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथिको अन्तिम सुनवाईमा रिट निवेदक तर्फका कानुन व्यवसायीहरु बहस जारी छ । संबैधानिक इजलासमा भइरहेको वहस बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्ने विषयले बैधानिकता पाउने कि नपाउने भन्ने विषयमा नै केन्द्रित रहेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले सो रिटमा आइतबारदेखि निरन्तर सुनुवाई गरिरहेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ रिट निवेदनमाथि सर्वाेच्च अदालतको संबैधानिक इजलासमा एकसाथ सुनुवाई भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !