काठमाडौं । प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको नेतृत्वमा न्यायाधीशहरू अनिलकुमार सिन्हा, विश्वभर श्रेष्ठ, तेजबहादुर केसी र सपना प्रधान मल्ल रहेको संवैधानिक इजलासमा उक्त रिटमाथि आइतबारदेखि निरन्तर सुनुवाइ भइरहेको छ । हिजो प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस नसकिएपछि आजका लागि तोकिएको छ ।

संवैधानिक इजलासको हिजोको सुनवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ताद्वय दीनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले बहस गर्नुभएको थियो । आइतबार पनि रिट निवेदकका तर्फबाट अधिवक्ताहरू भीमार्जुन आचार्य, सुनिलकुमार पोखरेललगायतले बहस गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !