पुजा ढकाल, चितवन । आख्यानकार तथा उपन्यासकार आकाश पौडेलको तपस्या उपन्यास भोली शनिबार बिमोचन हुने भएको छ । सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरको सभाहलमा सो पुस्तकको बिमोचन गर्ने कार्यक्रम रहेको छ ।

सो कृति बैशाख १ गतेका दिन प्रकाशनमा ल्याउने योजना पौडलले बनाएता पनि कोरोना माहामरीका कारण यसको प्रकाशन मितिलाई पछाडी सारेको उनले बताए । तपस्या उपन्यास युरीका पब्लिकेशनबाट प्रकाशित हुने उनको पहिलो उपन्यास हो ।
लामो समयको प्रतीक्षा पछि पाठकहरु माझ उनको यो कृति पुग्ने भएको छ । उक्त कृतिका उपन्यासकार पौडेलको जन्म अर्घाखाँची जिल्लामा भएको र त्यहा आफ्नो माध्यमिक तहको पढाई सकेर उच्च शिक्षा हासील गर्न चितवन आएका हुन । लेखक हाल सप्तगण्डकी बहुमुखी क्याम्पसमा एमविएस पहिलो सेमेस्टरमा अध्ययनरत छन । चितवन आएपछि यहाका साथीभाई, वरपरको वातावरण छरछिमेक, इष्टमित्र र आफुले समाजलाई नियाल्दै जीवनमा उपन्यास लेख्ने प्रेरणा मिलेको बताउदै उनले पहिलो कृति तपस्या भएकाले यो कृति लेख्ने क्रममा धेरै कठिनाइ भोग्नु परेको बताए। तपस्या जीवनको रङ्गहरु र समाजमा घटेका घटनाको प्रेमभावपुर्ण प्रतिबिम्ब भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस !