शिशिर सिंखडा, चितवन । पुर्बी चितवनको कालिका नगरपालिका २, स्वर्णिम टोल (रेडक्रसग्राम स्कुल पछाडी) बाट एक बेवारिसे  महिलाको मानव सेवा आश्रम भरतपुरद्वारा  उद्धार गरिएको छ । ५७ बर्षिया राधिका पन्त सो स्थानमा गत १० दिनदेखि बेवारिसे अबस्थामा रहेकि थिईन ।
उनि १ हप्ता देखि केही खान नपाई चिसो भुइँमा नै रात बिताई रहेकि थिईन । ओढ्ने र ओछ्याउने कपडाको अभावमा उनको शरीर भने चिसोले सुन्निदै गएको थियो । ती महिला बिगत १० बर्षदेखि बेसहारा अबस्थामा हिड्ने गरेको स्थानियले बताए ।
“चिसोले कठ्या्ङ्ग्रिदै बेवारिसे महिला (फोटो फिचरसहित)” भन्ने समाचार हिजो कालिका दैनिक अनलाइनमा समाचार प्रकाशित भएपछी आश्रमले चासो दिई आज उनको उद्धार गरेको हो । सो अबसरमा मानव सेवा आश्रम भरतपुरका अस्मिता लामा, सदिस पुन, चेपाङ अभियान्ता केपी किरण शर्मा, सामाजिक बिकास मन्त्रालय अन्तरगत बेवारिसे सडक मानबमुक्त कार्यक्रमकी सहजकर्ता संगिता खत्री, आश्रमको सदस्य एवं देव हस्पिटल भरतपुरकी प्रबक्ता मन्जु सिंखडा, कालिका वडा नंं.२ का अध्यक्ष सोमबहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
थप समाचार…
चिसोले कठ्या्ङ्ग्रिदै बेवारिसे महिला (फोटो फिचरसहित)

प्रतिक्रिया दिनुहोस !