चितवन । मेरूदण्ड भाचिई अपाङ्ग भएका ४२ वर्षीय दुधराज थिङलाई ह्विलचेयर सहयोग गरिएको छ । कालिका नगरपालिका वडा नं. ३ स्थित ९६ बिगाहा गाउँमा बस्दै आएका थिङलाई भरतपुर निवासी समाजसेवी एवम् सामाजिक अभियान्ता सुनिल कुमार क्षेत्रीले ह्विलचेयर सहयोग गर्नुभएको हो । थिङलाई ह्विलचेयर अभाव भएको र हिँडडुल गर्न भएको समाचार कालिका दैनिक अनलाइनमा हिजो प्रकाशित भएपछि उहाँले सो सहयोग गर्नुभएको हो ।

थप समाचार

व्हिलचियरसमेत नहुँदा १२ बर्षदेखि समस्या झेल्दै चितवनका ४२ बर्षिय अपांङ्ग दुधराज थिङ
………………….

क्षेत्रीले आज थिङको निवासमै पुगी ह्विलचेयर, जाडोमा ओड्ने ब्ल्याङ्केट, चामल, नुन, तेल र नगद रू. २ हजार पाँच सय पनि सहयोग गर्नुभएको थियो । आर्थिक अवस्था अत्यन्तै कमजोर भएका थिङ १२ वर्षदेखि एकै ओछ्यानमा थला परी बस्न बाध्य छन् । सो ह्विलचेयर हस्तान्तरण कार्यक्रममा मृगौला पीडित असहाय संरक्षण केन्द्रकी सचिव अनिसा खनाल, प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्य पत्रकार शिशिर सिंखडा, पत्रकारहरू राजेन्द्र कार्की, शुशिल पन्त, आनन्द पोख्रेल, सुरक्षा न्यौपाने, स्थानीय कुल बहादुर थिङ, हिरालाल थिङ लगायतको उपस्थिति रहेको थियो ।


वरिष्ठ समाजसेवी, सामाजिक अभियान्ता तथा युवा व्यवसायी क्षेत्रीले यस अगाडि पनि कोरोना महामारीको समयमा विभिन्न स्थानमा पुगी खाद्यान्न सहयोग गर्नुभएको थियो । साथै उहाँले कोरोना महामारीको समयमा आफ्नो घरमा बस्नेहरूका लागि ४ महिनाको घरभाडा समेत छुट गर्नुभएको थियो । उहाँले एसिड पीडित महिला, करेन्ट लागी घाइते भएका र क्यान्सर पीडित महिलालाई पनि आर्थिक सहयोग गर्नुभएको थियो । उहाँले मञ्जुश्री असहाय केन्द्र तथा देवघाटका विभिन्न आश्रमहरूमा विभिन्न सहयोगहरू समेत पु¥याउँदै आउनुभएको छ ।

थप समाचार

व्हिलचियरसमेत नहुँदा १२ बर्षदेखि समस्या झेल्दै चितवनका ४२ बर्षिय अपांङ्ग दुधराज थिङ

प्रतिक्रिया दिनुहोस !