चितवन । सौजन्य बचत तथा ऋण सहकारी सस्था लि. रत्ननगर-१० बकुलहरको नवौं बार्षिक साधारण सभा आज रत्ननगरमा सम्पन्न भएको छ । कोरोना संक्रमणका कारण सामाजिक दुरी कायम गर्दै गत १ हप्ता अगाडिदेखि सस्थाले शेयर सदस्य हरुलाई कार्यालयमा उपस्थिति भइ लिखित सुझाव दिन अनुरोध गरेको थियो । सस्थाका अध्यक्ष धर्मध्वज लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा शेयर सदस्यहरुबाट प्राप्त सुझावको बारेमा छलफल भएको थियो । शेयर सदस्यहरु बाट प्राप्त सुझावलाई मध्यनजर गर्दै सस्थाले  कार्ययोजना तयार पारेको सस्थाका अध्यक्ष लम्सालले जानकारी दिनु भयो । कार्यक्रममा सस्थाका सल्लाहकार एवं रत्ननगर वडा नंं.१० का वडा अध्यक्ष केशव आचार्य, सस्थाका सल्लाहकार एवं वडा सदस्य कमलबहादुर घिमिरे, सस्थाका सल्लाहकार एवं प्रेस संगठन नेपालका केन्द्रीय सदस्य पत्ररकार शिशिर सिंखडा, सल्लाहकार राधाकुमारी रायमाझी, सहकारी सस्थाका उपाध्यक्ष महादेवप्रसाद हुमागाई, सचिब लिलानाथ अर्याल, कोषाध्यक्ष अनिता अर्याल, लेखा समिति संयोजक बाबुराम गौतम, सदस्यद्वय मोहनप्रसाद पाण्डे र गिरीराज केसी, शिक्षा समितिका संयोजक सिपी अधिकारी, ऋण समितिका सदस्य श्यामबाबू तिमिल्सिना, सस्थाका ब्यबस्थापक श्यामन्तकमणी लामिछाने, समिति सदस्य सबिता आचार्य, राजेन्द्र चौधरी, सोमराज बस्नेत लगायतको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया दिनुहोस !