चितवन । रुखबाट लडेर अपांग हुन पुगेका ४२ बर्षिय दुधराज थिङले व्हिल चियरसमेत नहुँदा आफू समस्यामा परेको बताएका छन । आर्थिक अबस्था अत्यन्तै कमजोर रहेका थिङ २०६५ सालमा रुखबाट लडेर अपांग भएका थिए ।

उनले भरतपुरको पुरानो मेडिकल कलेजमा ४ महिनासम्म उपचार गरेपनि मेरुदण्डको उपचार सफल हुन सकेन । उपचारमा लागेको डेढलाख रुपैया समेत तिर्न नसकेका थिङको दैनिक खानपानको समस्या एकातिर छ भने अर्कोतिर दिसापिसाब समेत थाहा नहुने अबस्था छ भने व्हिलचियर नहुदा झन समस्या भएको उनका दाई कुलमान थिङले बताए ।

अपांग भएपछी श्रीमतीले २ छोरीलाई समेत छाडेर अन्तै गएको दुधराजले दुखेसो पोखे । आमा बुबासङ चितवनको पहाडी गाउँ कोराकको मार्दालमा बस्दै आएका उनको आमा पनि  १ महिना अगाडि बितेपछी उनी कालिका-३, पदमपुर, ९६ बिगाहाको जनबिकाश टोलमा रहेका दाईको घर शरणलिन आईपुगेका छन ।

एलानीको ३ कठ्ठा जग्गामा खेती किसानी गरि परिवारको गुजारा धान्दै आएका दाजु कुलमानले भाईको स्याहार गर्न र खर्च धान्न समस्या भएको बताए । एकातिर खानपिनको समस्या त अर्कोतिर दिसापिसाब गराउने समस्या भएकोले सहयोगी दाताहरुलाई आर्थिक र व्हिलचियर सहयोग गरिदिन उनले अनुरोध समेत गरेका छन । उनले आफ्नो फोन नंं. ९८०३४५५७८९ मा सम्पर्क गरि सहयोग गरिदिन अनुरोध गरेका छन ।

प्रतिक्रिया दिनुहोस !