हङकङ । भानुआटुमा शुक्रबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सुर्वेक्षण संस्था युएसजिएसले जानकारी दिएको छ ।
यस भूकम्पमा परी के कति धनजनको क्षति भएको हो, सो लगायतको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।

यस भूकम्पको केन्द्रविन्दु भने भानुआटुको इजआनजेलबाट १४६ किलोमिटर टाढा रहेको स्थानको आसपासमा नै ११७।७४ किलोमिटर गहिराईमा रहेको समाचारमा जनाइएको छ । भानुआटुमा भूकम्पको प्रकोपले बारम्बार सताइरहेको पाइन्छ । रासस

प्रतिक्रिया दिनुहोस !