
काठमाडौं । प्रधानमन्त्री एवंम् नेकपाका अध्यक्ष केपी ओलीले आज धनगढीमा हुने पार्टीको सभालाई सम्बोधन गर्ने भएका छन ।
नेकपा सुदूरपश्चिमले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न ओली श्री एयरलाइन्सको विमानमार्फत धनगढी जान लागेका हुन ।
विमानस्थलबाट प्रधानमन्त्री नेपाल राष्ट्र बैंकको गेष्ट हाउस जाने र त्यहाँ केही समय विश्राम गरेपछि खुला मञ्चमा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाले जनाएको छ ।
धनगढी रंगशालामा शुक्रबार दिउँसो १२ बजेदेखि जनसभा हुने नेकपाले जनाएको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन भएपछि दुई समूहमा विभाजित नेकपाको भेलालाई सम्बोधन गर्न ओली पहिलो पटक सुदूरपश्चिम जान लागेका छन ।