चितवन ।  प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाले २६औं  स्थापना दिवसको अवसर पारेर क्यान्सर सचेतना कार्यक्रमको आयोजना गरेको छ ।
लायन्स क्लव अफ काठमाण्डौको सह आयोजनामा भएको कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिर्थी प्रदेश सभा सदस्य रिता गुरुङ्गले महिलाको स्वास्थ्यको लागि विभिन्न कार्यक्रमहरु ल्याए पनि सो व्यवहारमा भने लागु हुन नसकेको बताउनु भयो । कतिपय अवस्थामा महिलाहरुको मृत्यु धार्मिक आस्थाकै कारण हुने गरेको बताउनु भयो । उहाँले महिलाहरुलाई धार्मिक आस्थाका आधरमा झारफुक गरेपनि अस्पतालम पनि जचाउन आग्रह गर्नुभयो । अस्पताल गएर समयमा नै रोग पहिचान गर्न सकेमा धेरै रोगबाट बच्न सकिने बताउनु भयो । विशेष गरेर महिलाहरु आफ्नो स्वाथ्यप्रति सचेत हुन उहाँको आग्रह थियो । कार्यक्रममा क्यान्सर विजेता महिलाहरुले अनुभव साट्नु भएको थियो ।
सो अवसरमा क्यान्सर विजेता एवं परिचय संस्थाकी अध्यक्ष बन्दना खाँडले कार्यक्रममा सहजिकरण गर्दै क्यान्सर रोगबारे समयमै जानकारी लिनुपर्ने भन्दै मानिसको स्वास्थ्य सबैभन्दा महत्वपूर्ण भएको बताउनु भयाे । उनले आफुमा क्यान्सर लागेको भनेर थाहा हुदाँको अवस्था र त्यसपछी आफ्नो आत्मबलले क्यान्सर िजतेकाे बताउनु भयाे । कार्यक्रममा क्यान्सर विजेता टिका न्यौपाने देवकोटाले आफ्नो अनुभवहरु साट्नु भएको थियो । भने क्यान्सर हस्पीटलकी अयोध्या पाठकले क्यान्सर भनेकाे के हाे र कसरी सुरक्षीत रहन सकिन्छ भनेर प्रशीक्षण दिनु भएको थियाे ।
कार्यक्रममा नेफ्स्कून उपाध्यक्ष शान्ति अधिकारीले महिलाहरु आत्मनिर्भर हुनुपर्ने बताउनु भयो । उहाँले महिलाहरु आर्थिक रुपमा बलियो बनाउन सहकारी लागेको बताउनु भयो । कार्यक्रममा संस्थाकी अध्यक्ष बिमला न्यौपाने ज्ञवालीको अध्यक्षता रहेको थियो भने सचिव साधना पोर्खेलले सञ्चालन गर्नु भएको िथयाे ।

 

प्रतिक्रिया दिनुहोस !