सप्तरी । पाँच वर्षदेखि फरार रहेकी सप्तरीको सरातुल खातुन आज पक्राउ परेकी छन् । कुटपिट अङ्गभङ्ग मुद्दामा फरार रहेकी सप्तरीको महादेवा गाउँपालिका–१ पकरीकी सरातुल खातुनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मोहमद मुरतुजा मियाँको जाहेरीले खातुन, अली हुसेन मियाँसमेत पाँचविरुद्ध जिल्ला अदालतमा २०७२ पुस १३ गते मुद्दा अभियोजन भएको थियो ।

जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद गौतमको इजलासले आरोपित खातुनलाई २०७३ फागुन ८ गते चार वर्ष कैद र साढे एक लाख जरिवाना गर्ने फैसला गरेको थियो । घटनापछि फरार रहेकी आरोपितलाई खोजतलासको क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । अभियुक्तलाई अदालतको आदेशानुसार राजविराज कारगारमा कैद भुक्तानका लागि पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस !