अनिता अर्याल, चितवन । नेपाली काँग्रेस क्षेत्र नम्मर १ को आयोजनामा पुर्वि चितवनको टाँडी बजारमा बिशाल बिरोध प्रदर्शन हुने भएको छ । प्रदेस १ ख अन्र्तगत हुने बिरोध सभामा नेपाली काँग्रेसका केन्द्रिय सदस्य डाक्टर मिनेन्द्र रिजालले संवोधन गर्ने क्षेत्रीय सभापति सुजन थापाले बताउनुभयो ।
केपि ओली नेतृत्वको सरकारले गरेको जवरजस्त संसद बिघटनको असवैधानीक कदमको बिरोध स्वरुप कार्यक्रम आयोजना गर्न लागीएको जिल्ल सह सचिव सुर्य अर्यालले बताउनभयो । पौष २५ गते देशभर बिरोध प्रर्दशन गर्ने भएको छ ।बिरोध कार्यक्रमको जानकारीका लागी क्षेत्रिय सभापति सुजन थापाको संयोजकत्वमा भएको छलफल कार्यक्रममा पुर्व शिक्षा मन्त्री शेषनाथ अधिकारी , क्षेत्र न १ का प्रतिनीधिसभा उमेदवार राजेन्द्र बुर्लाकोटि,क्षेत्र न १ का सभापति राजु सिल्वाल , जिल्ला सह सचिव सुर्य अर्याल जिल्ला प्रतिनिधी जिल्ला प्रवक्ता निता ढकाल ,नेपाली काग्रेशका नेता उत्तम आचार्य , रत्ननगरका नगर सभापति रुपन राज घिमिरे ,खैरहनि सभापति शशि खनिया ,क्षेत्र भित्रका २२ वडाका सभापति ,तरुणदल , नेपाल बिद्यार्थी संघ , महिला संघ लगायतको सहभागीता रहेको थियो ।     
२५ गते हुने बिरोध रयाली टाँडी चोक बाट शुरु भएर बकुल्लहरमा पुगेर बिरोध सभामा परिणत हुनेछ । पुर्व निर्धारित कार्ययोजना अनुशार कार्यक्रम हुन लागेको अर्यालले बताउनुभयो ।वडा तह देखि सबै क्रियासिललाई कार्यक्रममा अनिवार्य उपस्थीती जनाई बिरोधसभालाई सफल बिन्दुमा पुरयाउन सघाउनका लागी आव्हान पनि गरिएको उहाँले बताउनुभयो । यस अघि पहिलो चरणको बिरोधसभा गरीसकिएको र केपि ओली सरकारले संसद पुर्नस्थापना गरी नसच्चीए सम्म चरणवद्ध सडक आन्दोलनमा जाने नेपाली कांग्रेसले जनाएको छ । 
केन्द्रिय निर्णय अनुसार २५ गते ३३० प्रदेस सभा निर्वाचन क्षेत्रमा बिरोध कार्यक्रम हुने नेपाली काँग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !