काठमाडौं । काठमाडौंको बालाजु बाइपासमा भारत घर भएका टेलर व्यवसायीबीच भएको झगडामा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

मंगलबार राति स्थानीय दुई टेलर व्यवसायीबीच भएको विवादले उग्र रुप लिँदा अन्दाजी २३ वर्षका कलाम मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राति ९ बजेतिर अर्का टेलर व्यवसायी अन्दाजी २३ वर्षका सुबोध शर्माले कपडा काट्ने कैँचीले मियाँको कोखामा प्रहार गरेका थिए । गम्भीर घाइते भएका मियाँलाई उपचारका लागि अस्पताल लगिएको थियो । उनको राति साढे १० बजे निधन भएको प्रहरीले जनाएको छ ।

घटनापछि भागेका शर्मालाई प्रहरीले बुधबार बिहान फर्पिङ्गबाट पक्राउ गरेको छ । मृत्यु हुने मियाँ र आक्रमण गर्ने शर्मा दुवै भारतको मोतीहारीका बासिन्दा हुन् ।

 

प्रतिक्रिया दिनुहोस !