प्रचलित :

बारा । बाराको जीतपुरस्थित फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयले ३ सय ४४ जना बिद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ का वडा अध्यक्ष रामबाबु गुप्ताले प्रत्येक विद्यार्थी रु ४ सय का दरले छात्रवृत्ति वितरण गरेका हुन् ।

विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका दलित छात्र र छात्राहरूलाई छात्रवृत्ति वितरण गरिएको विद्यालयका प्रधानाध्यापक राजु कुमार सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !