चितवन । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) कालिका नगर कमिटीको आयोजनामा आज पदमपुरमा अगुवा कार्यकर्ता भेला भएको छ । पार्टी कमिटी नगर कार्यालय सदस्य केशव लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा नगर सचिवालय सदस्य ज्योति सुनारले स्वागत मन्तव्य राख्नु भएको थियो ।
अगुवा कार्यकर्ता भेलाका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा बागमती प्रदेश कमिटीका सह- ईन्चार्ज काशीनाथ अधिकारीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको लोकप्रियताले देश भित्र र बाहिर पनि ईश्याभाव, अनावश्यक र अनुचित चिन्तनले पार्टी बिभाजन तर्फ गएको बताउनु भयो ।
केन्द्रीय सदस्य अधिकारीले पार्टी एकीकरणको मर्म र सहमति बिपरित  पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले पार्टी टुक्र्याएर गएको बताउनु भयो । एकताको सहमति तोडेर प्रचण्ड तथा नेपालले गुटको राजनीति गर्दै पार्टी फुटाउने काम गरेको उहाँले बताउनु भयो । प्रचण्डले पार्टीको निति, सिद्धान्त र मर्म बिपरित आरोप पत्र पेश गर्दै पार्टी टुक्र्याउन अगाडी बढेकाे बताउनु भयो । सरकारले तोकेको समयमै निर्वाचन हुने भएकोले सबै नेता तथा चुनावको तयारीमा लाग्न समेत आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सांसद बिजय सुवेदीले पनि मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य सुबेदीले पद र स्वार्थका कारण प्रचण्ड र माधव नेपालले पार्टी फुटाएर गएको बताउनु भयो । उहाँले प्रधानमन्त्री केपी ओलीको बिचार र काम गर्ने शैली जनमुखी भएकोले ओली पपुलर हुने भए भन्दै आफ्नै पार्टी भित्रका नेता हरुले खुट्टा तानेको समेत बताउनु भयो ।
नेकपाका केन्द्रीय सदस्यद्वय कपिल पोख्रेल, दुर्गादत्त पौडेल, नेकपा क्षेत्र नंं २ का संयोजक नारायणप्रसाद अधिकारी ले पनि कार्यक्रममा मन्तव्य राख्नु भएको थियो । सो अबसरमा केन्द्रीय सदस्य पोख्रेलले राष्ट्रिय स्वाधीनताको अडानमा प्रधानमन्त्री ओली प्रतिबद्ध रहनु भएकोले आफुहरु पछाडी पर्ने होकी भनि केपी ओलीलाई कमजोर बनाउन आफ्नै पार्टी भित्रका नेताहरुले पार्टी फुटाएको बताउनु भयो ।
सो कार्यक्रममा नेकपा भरतपुर नगर कमिटीका अध्यक्ष रामप्रसाद न्योपानेले दुई तिहाईको सरकारलाई आफ्नै पार्टी भित्रबाट काम गर्न नदिनु दु:खद भएको बताउनु भयो । प्रधानमन्त्री केपी ओलीले नयाँ जनादेशको लागि चाल्नु भएको कदमको सबैले स्वागत र समर्थन गरेको बताउँदै सबै मिलेर अब पार्टीलाई थप मजबुत बनाउन लाग्नु पर्ने बताउनु भयो । सो कार्यक्रममा भरतपुरमा हुने अगुवा कार्यकर्ता भेलामा सहभागी हुन सबैलाई अनुरोध समेत गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस !