प्रचलित :

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेपछि छलफल गर्न गत पुस ७ गतेदेखि जारी रहेको केन्द्रीय कार्यसमिति बैठक पुस १० मा स्थगित गरिएको थियो । बैठकमा रामचन्द्र पौडेल समूहले आन्दोलनको कार्यक्रम घोषणाका लागि दवाव दिने तयारी गरेको छ ।

बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । कांग्रेसमा तत्काल आन्दोलनमा जाने कि अदालतको निर्णय पर्खने भन्नेमा नेताहरूबीच मतभेद छ ।

 

प्रतिक्रिया दिनुहोस !