चितवन । पूर्वि चितवनका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विके्रता कालिका मोटरसाइकल पार्टसले आज शनिबार हालै नेपालममा लन्च गरेको रे जेड आर १२५ सिसि स्कुटरको माइलेज टेस्ट प्रोग्राम गरेको छ ।
उक्त माइलेज टेस्टप्रोग्राममा २६ जना रे जेड आर १२५ सिसि स्कुटर चढने ग्राहकहरु थिए । नेपालको पहिलो बि एस सिक्स, एफ.आइ टेक्नोलोजि स्कुटरमा साइड स्ट्यान्ड इन्जीन कट अफ, स्मार्ट मोटर जेनेरेटर तथा डिजिटल मिटर जस्तो फिचर रहेको स्कुटरको तौल ९९ के जि रहेको छ । उक्त माइलेज टेस्ट प्रोग्राममा प्रत्यक्ष सवारि धनिबाट स्कुटरको माइलेज टेस्ट गरिएको थियो । २६ जना बिच गरिएको उक्त माइलेज च्यालेन्ज कार्यक्रममा औषत माइलेज ७३.०५५ रहेको यामाहा नेपालका  इन्जिनियर विलम चौधरीले जानकारी दिए ।


माइलेज च्यालेन्ज कार्यक्रम खैरहनी-८, पर्साबाट सुरु गरि खुरखुरे बजार, शान्ती बजार, सौराहा हुदै पर्सासम्म भएको थियो । कार्यक्रममा माइलेज ८१.४२ ल्याइ विजेता भएका इश्वरबाबु त्रिपाठि ८०.९४ ल्याइ फस्ट रनर अप भएका यादव प्रसाद कट्टेेल  त्यसैगरि ७९.५३ ल्याइ सेकेन्ट रनर अप भएका विमल अधिकारी लाइ एम.ए डब्लु इन्टरप्राइजेजका रिजनल सेल्स म्यानेजर राम बोगटि र सामाजिक अभियान्ता मुरली प्रसाद गजुरेलले संयुक्त रुपमा पुरस्कार  हस्तान्तरण गरेका थिए । कार्यक्रम संचालन तथा स्वागत मन्तव्य पार्टसका सेल्स म्यानेजर सुदिप लामिछानले गरेका थिए भने उक्त -यालिको व्यवस्थापन शाखा प्रबन्धक रामचनद्र कोइरालाले गरेका थिए । कार्ययक्रममा उपस्थित सवारी धनिले यामाहा मोटरसाइल खरिद गरि सामाजिक कार्यमा हातेमालो गर्न पाएको भन्दै खुसि व्यक्त गरेका थिए । कार्यक्रममा उपस्थित ग्राहक हरुलाइ धन्यवाद दिदै यस्ता कार्यक्रमलाइ निरन्तरता दिने प्रतिबदता दिदै कार्यक्रमको समापन पार्टसका प्रबन्ध निर्देशक उत्तम अधिकारीले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !