काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड समूले गरेको बहुमतको दाबी झुटो भएको बताउनुभएको छ ।

आज काठमाडौंमा नेकपाले आयोजना गरेको काठमाडौं स्तरीय बृहत कार्यकर्ता भेलालाई संवोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले अहिले कुनै महाधिवेशन र निर्वाचन नभएकाले कसैले म बहुमतमा छु भनेर गरेको दाबी झुटो भएको बताउनुभयो । ओलीको प्रश्न थियो–कहाँको बहुमत ? कुन महाधिवेशनको बहुमत ? कुन कार्यकर्ताको बहुमत ? कहाँबाट आयो बहुमत ? तपाईहरुले उनीहरुलाई भोट हाल्नुभएको छ ? उहाँले भन्नुभयो, ‘महाधिवेशन र कुनै निर्वाचन नभएकाले बहुमतको दाबी झुटा हो ।,कहाँबाट आयो बहुमत, कसरी पुष्टि भयो बहुमत, कुन कार्यकर्ताले दियो मत ।’ उहाँले बहुमत छ भन्नेहरूले एउटा जिल्ला, एउटा निर्वाचन क्षेत्रमा बहुमत पुराएर देखाउनसमेत चुनौती दिनुभयो ।

आफूलाई बहुमत भन्नेहरुले अबको निर्वाचनमा दुई अंको सिट जित्नपनि नसक्ने प्रधानमन्त्रीको दाबी थियो । उहाँले भन्नुभयो, ‘धेरै त के भनौं, दुई अंकको सिट जितेर देखाउनुहोला ।’

प्रतिक्रिया दिनुहोस !