चितवन। चितवन साहित्य परिषदले स्थापना गरेका विभन्न तीन वटा साहित्यिक पुरस्कारको लागि स्रष्टा चयन गरिएको छ । परिषद्ले यसवर्षको चिसाप गायत्री सरस्वती साहित्य पुरस्कार आख्यानकार प्राज्ञ माया ठकुरी, चिसाप कृष्णकुमारी गुरुङ साहित्य पुरस्कार आख्यानकार मीनराज वसन्त र चिसाप कृष्ण कृष्णा साहित्य पुरस्कार आख्यानकार नानी बिभुलाई अर्पण गर्ने जनाएको छ ।

परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा बसेको बैठकले वसन्तको ‘पिपिरी’ र विभुको ‘अनुक्रोश’ उपन्यासका लागि उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । कवि शिरोमणि लेखनाथ पौड्यालको १३७औँ जन्मजयन्तीको अवसर पारेर आगामी शनिबार विशेष साहित्यिक कार्यक्रम गरी पुरस्कार समर्पण गरिने परिषद्ले जनाएको छ । ती पुरस्कारको राशि जनही रु १५ हजार पैंतालीस र सम्मानपत्र रहेको परिषद्का सचिव बालकृष्ण थपलियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !