प्रचलित :
चितवन । कालिका नगरपालिका वडा नं. ७ स्थित पृथ्वी मा.वि. सालघारी शाखा र वडा नं. ११ स्थित राष्ट्रिय प्राथमिक बिधालय मझवाङका विद्यार्थीहरुलाई स्टेशनरी र खाजा सहयोग गरिएको छ ।
जेन्टल हर्ट फाउण्डेशन काठमाडौको सहयोगमा पृथ्वी मा.वि. सालघारी शाखाका शिशु कक्षादेखि ५ कक्षा सम्मका १ सय ७० जना र राष्ट्रिय प्राथमिक बिधालय मझवाङका १ सय २४ जना विद्यार्थीहरुलाई कापी, कलम, एरेजर, कटर, चिउरा, साबुन, मन्जन, ब्रस, दालमोठ, चकलेट लगायतका सामाग्री सहयोग गरिएको हो ।
पृृथ्वी माबीमा आयोजित  कार्यक्रम जेन्टल हर्ट फाउण्डेशनका अध्यक्ष अर्जुन ढकालको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा प्रमुख अतिथि कालिका नगरपालिका वडा नं. ७ का अध्यक्ष डिल्लीराम दवाडी, बिधालय ब्यबस्थापन समितिका अध्यक्ष केशव लामा, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य पत्रकार शिशिर सिंखडा, सस्थाका कार्यक्रम निर्देशक जगदिशचन्द्र पोख्रेल, सस्थाका सदस्यहरु शोभा ढकाल, रेबिका ढकाल, सस्थाका चितवन को-अडिनेटर इश्वर कुमार श्रेष्ठ, पृथ्वी मा.वि. सालघारी शाखा इन्चार्ज रचना लामा  लगाएतले मन्तव्य राख्नु भएको थियो ।
त्यसैगरी,
राष्ट्रिय प्राथमिक बिधालय मझवाङमा आयोजित  कार्यक्रम जेन्टल हर्ट फाउण्डेशनका अध्यक्ष अर्जुन ढकालको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा प्रमुख अतिथि कालिका नगरपालिका वडा नं. ११ का अध्यक्ष दामाराम प्रजा, बिधालयका इन्चार्ज दिवलाल प्रजा, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य पत्रकार शिशिर सिंखडा, सस्थाका कार्यक्रम निर्देशक जगदिशचन्द्र पोख्रेल, सस्थाका सदस्यहरु शोभा ढकाल, रेबिका ढकाल, सस्थाका चितवन को-अडिनेटर इश्वर कुमार श्रेष्ठ,  लगाएतले मन्तव्य राख्नु भएको थियो ।
सो संस्थाले यस अगाडि पनि  विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी, न्यानो कपडा, खेलकुद सामग्री, कम्प्युटर, विद्यार्थी बस्नको लागि म्याट सहयोग गरेको थियो । सोही संस्थाले स्थानीय विपन्न वस्तीमा खाद्यान्न, झुल, न्यानो कपडा तथा निशुल्क सिलाइ कटाइ तालिम समेत उपलब्ध गराएको संस्थाका चितवन को–अर्डिनेटर इश्वर कुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !