प्रचलित :

बाजुरा । बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा न.६ लमगाउंमा जीप दुर्घटना हुदा चालक सहित ६ जना घाइते भएका छन् । बझाङबाट बाजुरा सदरमुकाम मार्तडी आउदै गरेको से १ ज १०५८ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

६जना मध्ये गम्भीर घाइते भएका खप्तड छेडेदह गाउँपालिका वडा न ६ का बर्ष ३० का दिनेश गन्दर्भको अछामस्थित बयालपाटा अस्पताल लैजाने तयारी भएको खवर प्राप्त भएको छ ।

त्यसै गरी चालक सहित अन्य ५ जना सामान्य चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जसमा बझाङको जयपृथ्बी नगरपालिका वडा न २ की सरिता राना, खप्तड छेडेदह गाउँपालिका ६ का बर्ष ४० का केशव बिष्ट, सोही नगरपालिका ५ का अर्जुन बुढा, गोलेश्वर नगरपालिका ४ का बर्ष १८ का शुरेस राना, सोही नगरपालिका ६ का बर्ष २० का नरेन्द्र गन्दर्भ रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !