काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तमु (गुरुङ) समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व ल्होसार,ल्होछार, किराँत समुदायको उधौली पर्व तथा नेवार समुदायको यमरी पुन्ही एवं ज्यापु दिवसको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।प्रचलित भाषा धर्म, संस्कृति, भेषभूषालगायतका विविधता नेपालको बहुमूल्य पुँजी हुन् भन्नुभयो ।

  सन्देशमा प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता र सहिष्णुताको यस

पुँजीलाई समृद्ध  देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

विभिन्न संस्कृतिमा आधारित पर्वहरू राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान भन्नु हुदै प्रधानमन्त्री ओलीले नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृतिसम्बन्धी विषयलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्नु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस !