काठमाडौं । भारतले प्याज निकासीमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।

भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले आगामी शुक्रबार (पुस १७ गते) देखि लागू हुने गरी प्याज निर्यातमा लगाएको प्रतिबन्ध खुला गर्ने निर्णय गरेको हो ।

भारतले आन्तरिक बजारमा प्याजको माग बढेको र मूल्य आकाशिएको भन्दै गत भदौ २९ गते निकासीमा प्रतिबन्ध लगाएको थियो ।

प्याज निकासीमा प्रतिबन्ध लगाएसँगै भारतीय प्याज अत्यधिक आयात गरिने नेपाली बजारमा प्याजको मूल्य प्रतिकेजी १ सय ५० रूपैयाँभन्दा धेरै पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस !