प्रचलित :

चितवन ।  नेपाली काँग्रेस जिल्ला कार्य समिति चितवनले केन्द्रको निर्देशन अनुसार जिल्लाको तीन वटै क्षेत्रमा आज विरोध प्रदर्शन गरेको छ । प्रतिनिधि सभा विघटन विरुद्ध काँग्रेसले भरतपुरको चौविसकोठीमा पनि विरोध प्रदर्शन गरेको थियो ।
विरोध प्रदर्शनमा बोल्दै नेपाली काँग्रेस चितवनका सभापती जीतनारायण श्रेष्ठले चितवनबाट अब प्रचण्डले निर्वाचन नजित्ने दाबी गरे । काँग्रेस सभापती शेर बहादुर देउवालाई झुक्काएर भरतपुर महानगरको मेयरमा प्रचण्डले आफ्नो छोरीलाई जिताएको उनले आरोप लगाए ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेकोमा उनले आपत्ती जनाए । कम्युनिष्टबाट लोकतन्त्र धरापमा परेको भन्दै उनले त्यसको रक्षा काँग्रेसले गर्ने बताए । सभापति  श्रेष्ठले प्रचण्डको चितवनमा हैसियत सकिएको बताएका छन । आगामी चुनावमा प्रचण्डको हार निश्चित रहेको उनले बताएका थिए । कार्यक्रममा नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष उमा रेग्मीले संसद विघटन लोकतन्त्रमाथिको प्रहार भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस !