प्रचलित :

वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकले भोग्नु परेको संकट अनि ब्याप्त कुशासन र भ्रष्टाचारको अन्त्यका लागि ताजा जनादेशमा जानु उपयुक्त विकल्प र अवसर भएको बताएका छन् ।

आज पर्साको वीरगञ्जमा आयोजित विरोध प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै थापाले अदालतमा भएको विषयमा धेरै चर्चा गर्नु सान्दर्भिक नहुने भन्दै सरकारले काम गर्न नसकेको, कुर्सी, सत्ता र भ्रष्टाचारको भागबन्डाका कारण देश र जनताले संकट भोग्नु परिरहेको बताए ।

प्रचण्ड र ओलीको झगडा जनता र देश हितको लागि नभई भागबन्डा र स्वार्थमा केन्द्रित भएको बताए । नेकपा भित्रको अन्तरबिरोध र कलहको बोझले देशलाई दुर्घटना उन्मुख बनाएको थापाको टिप्पणी थियो ।

व्यक्रि परिवर्तनले समस्या समाधान नहुने भन्दै थापाले गलत नीति र बाटोमै परिवर्तन गर्नुपर्नेमा जोड दिए । आफू राप्रपालाई सहयोग गर्नुस् भन्न आएको भन्दै थापाले भने, ‘हामी आफै देश बनाउन सक्छौं, राप्रपालाई विश्वास गर्नुस हिन्दुराष्ट्र दिन्छौं, राजसंस्था दिन्छौं । विकास र समृद्धि दिन्छौं ।’

थापाले अबको राजतन्त्र निरंकुश नभई राजादेखि विप्लब, काङ्ग्रेस कम्युनिस्ट, मधेशबादी सबै अट्ने हुने धारणा व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !