सिन्धुली । नेपाल टेलिभिजनका अध्यक्ष एवम् नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष महेन्द्र विष्ट चढेको सरकारी गाडी दुर्घटना भएको छ ।

दुर्घटनामा परेर अध्यक्ष विष्ट, उनी श्रीमती, छोरासहित चार जना घाइते भएका छन् ।

शनिबार काठमाडौंबाट इटहरी जाने क्रममा वीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका– २ चियावारी र पिपलभञ्ज्याङको बीचमा गाडी दुर्घटना भएको हो ।

नेपाल टेलिभिजनको वा १ ञ २४७० नम्बरको गाडी ब्रेक फेल भएपछि रोडको छेउँमा रहेको साईड वारमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा विष्टकी श्रीमति ईन्दु विष्ट, छोरा संयम् विष्ट र सवारी चालक केशव सापकोटा घाइते भएका छन् ।

घाइतेहरू सबैको अवस्था सामान्य रहेको सिन्धुली अस्पतालले जनाएको छ । घाइते चारै जना सिन्धुली अस्पतालमा उपचारपछि काठमाडौं फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस !