प्रचलित :

ललितपुर । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले प्रचण्डलाई सुर्य चिन्ह र एमालेको सम्पतीमा आँखा नलगाउन चेतावनी दिनुभएको छ ।
आज ललितपुर १ नं। निर्वाचन क्षेत्रमा भएको नेकपाको बृहत् भेलालाई संवोधन गर्नुहुँदै बस्नेतले अर्काको सम्पतीमा आँखा लगाउने काम बन्द गर्न प्रचण्डलाई चेतावनी दिनुभएको हो ।

कार्यक्रममा बोल्दै नेकपाका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले प्रचण्ड समूहप्रति लक्षित गर्दै आफुहरु पेरिस डाँडामा आँखा नलगाउने भन्दै धुम्बाराही तिर आँखा नलगाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी पेरिस डाँडामा आँखा लगाउदैनौ,तपाई बल्खु, धुम्बाराहीमा आँखा नलगाउनुस ।’

नेता महेश बस्नेतले सूर्य चिन्हमाथि प्रचण्डको दावी हास्यास्पद रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रचण्ड कमरेडलाई आफू लोकप्रिय छु भन्ने लाग्छ भने आफ्नै गोलाकारभित्रको हसिया हथौडा चिन्हमा चुनाव लडेर जित्न म चुनौति दिन्छु,तपाई सूर्यमा आँखा नलाउनुस् ।’

पार्टी छोडेर जानेहरुले पार्टीको संम्पतीमा आँखा लगाउन नमिल्नेभन्दै नेता बस्नेतले भन्नुभयो–हामीलाई प्रचण्डको पार्टी कार्यालय चाहिएको छैन,उहाँहरुनै लिनुहोस तर तत्कालिन एमालेका हरेक सम्पत्तिमा हाम्रोमात्र हक छ र हामी छाड्दैनौं । पार्टी विभाजन गरेर जानेहरुले पार्टीको सम्पत्तिमा दावी गर्न मिल्दैन ।

प्रतिक्रिया दिनुहोस !