चितवन । जनता समाजबादी पार्टी चितवनले आज चितवनको भरतपुरमा बिरोध कार्यक्रम गरेको छ । सो कार्यक्रम तत्कालीन राष्ट्रिय जनता पार्टी जिल्ला कार्य समिति चितवनका अध्यक्ष एलिमा मियाको नेतृत्वमा भएको  थियो । प्रधानमन्त्री र रास्ट्रपतिले गरेको कदमको बिरोध गर्दै नारा जुलुस समेत गरिएको उनले जानकारी दिइन। कार्यकर्ताहरुले सो कार्यक्रममा प्रधानमन्त्री र रास्ट्रपतिको पुत्लासमेत जलाएको उनले जानकारी दिइन । केन्द्रको हिजोको निर्देशन अनुसार तत्कालीन राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य माननीय अनिल झाको तर्फबाट तत्कालीन राष्ट्रिय जनता पार्टी जिल्ला कार्य समिति चितवनका अध्यक्ष एलिमा मियाको नेतृत्वमा नेता तथा कार्यकर्ता एकजुट भइ रास्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाउने र नारा जुलुस सहित बिरोध कार्यक्रम गरिएको जिल्ला अध्यक्ष मियाले जानकारी दिइन ।

प्रतिक्रिया दिनुहोस !