काठमाडौँ, ९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री ओलीसँग भेटवार्ताका लागि उनीहरु बालुवाटार पुगेका हुन् । पछिल्लो समय भइरहेको पार्टीको चरम विवादमा उपाध्यक्ष गौतम र नेता थापाले आफू कतातिर लाग्ने भन्नेमा स्पष्ट आधिकारिक धारणा दिएका छैनन् ।

गृहमन्त्री समेत रहेका थापाले भने ओलीलाई साथ दिने बताइएको छ । गौतम कता जान्छन् भन्ने अहिलेसम्म खुलेको छैन । आजै दुवै पक्षको केन्द्रीय कमिटी बैठक बस्दैछ ।

 

प्रतिक्रिया दिनुहोस !