
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशमा चलखेल भए थप कदम चाल्ने बताएका छन् ।
एक टेलिभिजनमा अन्तरवार्ताका क्रममा उनले यस्तो बताएका हुन् ।
नेकपा विभाजनका प्रभाव तथा असरहरु प्रदेशहरुमा पनि देखिएको छ । जसमा प्रधानमन्त्री ओली र प्रचण्ड नेपाल समूह अलग भएपछि प्रदेशका ६ मध्ये ४ वटा सरकार अल्पमतमा परेका छन् ।
ओली पक्षीय मुख्यमन्त्री रहेका प्रदेश १ का, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश अल्पमतको अवस्थामा पुगेका छन् । यस्तो स्थितिमा प्रदेशमा चल खेल थाले थप कदम चाल्ने बताएका हुन् ।