काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन विरुद्ध परेको सबै निवेदनहरूको प्रारम्भिक सुनुवाइ गर्दै संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले प्रतिनिधिसभा विघटन विरुद्ध परेका १२ वटै रिट निवेदनको प्रारम्भिक सुनुवाइ गर्दै सबैलाई संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो ।

निवेदकले अन्तरिम आदेश माग गरेकोमा इजलासले संवैधानिक इजलासमा अर्को पनि निवेदन भएकाले अन्तरिम आदेश जारी नगरी सबै मुद्दालाई संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो ।

शुक्रवार बस्ने संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धका सबै निवेदनहरूको एकमुष्ट सुनुवाइ हुनेछ ।

प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्न माग दाबी गर्दै बुधवार भएको बहसमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, शम्भु थापा, हरिहर दाहाल, कृष्णप्रसाद भण्डारी, अधिवक्ता गोविन्द बन्दी र कञ्चनकृष्ण न्यौपानेले बहस गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !