काठमाडौ। स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु ९सयले ओरालो लागेको छ । छापावाला सुन मङ्गलबार प्रतितोला रु ९४ हजार ९सयमा कारोवार भएको थियो । प्रतितोला रु ९सयले आज ओरालो लागी रु ९४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै तेजाबी सुन मङ्गलबार प्रतितोला रु ९४ हजार ४सयमा कारोवार भएकामा आज भने प्रतितोला रु ९३ हजार ५सयमा कारोवार हुने गरी मूल्य तोकिएको छ । यसैगरी चाँदी प्रतितोला रु ५० ले घटेको छ । प्रतितोला रु एक हजार ३ सय १५ मा मङ्गलबार कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २ सय ६५ मा कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस !