काठमाडौ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता बन्ने भएका छन् ।

त्यसका लागि प्रचण्ड–माधव समूहले विघटित प्रतिनिधिसभा सदस्यहरू र राष्ट्रियसभा सदस्यहरूलाई दिउँसो १ बजे संसद् भवन बोलाएका छन् । उनीहरुले यसलाई संसदीय दलको बैठक भनेका छन् ।

यस बैठक दिउँसो संघीय संसद्को ल्होत्से हलमा बस्ने छ । पुस ५ गते बसेको बैठकले नै प्रचण्डलाई दलको नेता बनाउने निर्णय गरेर प्रधानमन्त्री एवंम अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेको थियो । सोही निर्णयलाई आज बस्ने बैठकले औपचारिकता प्रदान गरिने एक नेताले जानकारी दिए ।

प्रतिनिधिसभा निर्वाचनमा प्रचण्ड चितवन क्षेत्र नं.३ बाट निर्वाचित भएका थिए । उनले काँग्रेसको समर्थनमा उम्मेद्वार बनेका राप्रपा नेता विक्रम पाण्डेलाई पराजित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !