प्रचलित :

काठमाडौँ । केन्द्रीय कमिटीको विस्तारसँगै नेपाल कम्युनिष्ट पार्टी नेकपा ले पछिल्लो राजनीतिक घटना र साङ्गठनिक स्थितिबारे प्रदेशगत प्रशिक्षण शुरु गरेको छ । सो पार्टीले मंगलबारदेखि काठमाडौँमा वाग्मती प्रदेश कमिटीको दुईदिने प्रशिक्षणमूलक भेला शुरु गरेको छ ।

सो भेलामा पार्टीका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुख्य वक्ताका रुपमा सम्बोधन गर्नुभएको छ । अन्य प्रदेशमा पनि दुई दिनभित्र प्रशिक्षण सकाउन केन्द्रीय वक्ता र समन्वयकर्ता तोकिएको पार्टीका केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो ।

प्रदेशगत प्रशिक्षण कार्यक्रमका लागि मुख्य वक्ताका रुपमा सुदूरपश्चिममा लेखराज भट्ट, कर्णाली प्रदेशमा शङ्कर पोखरेल, लुम्बिनीमा टोपबहादुर रायमाझी, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र रायमाझी, प्रदेश नं २ मा पोखरेल र सत्यनारायण मण्डललगायत तथा प्रदेश नं १ मा तोकिन बाँकी रहेको जनाइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा सम्पन्न नेकपा केन्द्रीय कमिटी बैठकले ५५६ सदस्य थप गरेको थियो । नेकपाले हिजै थपिएको नयाँ सूची निर्वाचन आयोगसमक्ष बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस !