प्रचलित :
काठमाडौँ । प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको अध्यक्ष पदबाट हटाउने निर्णय गरेको छ ।
काठमाडौँमा आज बसेको बैठकले प्रधानमन्त्री ओलीको स्थानमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकले प्रतिनिधि सभा विघटनको निर्णय संविधान विपरीत भएको ठहर गर्दै अविलम्ब संसद्को नियमित अधिवेशन सुचारु गर्न पनि माग गरेको छ ।
यसै गरी बैठकले पूर्व सभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्यमा मनोनयन गरेको नेता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !