चितवन। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको समर्थनमा आज साँझ भरतपुरको चौविकासकोठीमा प्रदर्शन गरिएको छ । कार्यक्रममा युवा नेता तथा कार्यकर्ताहरुले ओलीको कदमको समर्थन गरेका हुन् ।
पार्टी भित्रैबाट असहयोग भएपछि प्रधानमन्त्री ओली संसद बिघटन गरि मध्यावधि चुनाव गर्न बाध्य भएको अनेरास्ववियुका नेता हरि आचार्यले बताए । प्रदर्शनमा सहभागि युवा विद्यार्थी नेताहरुले प्रचण्डको जिल्ला चितवनमा “केपी ओली हाई- हाई, प्रचण्डलाई बाई- बाई”, केपी ओली जिन्दावाद, जबज जिन्दावादको नारा लगाएका थिए । कार्यक्रममा युवा नेता कमलराज पाठक, देव पाठक लगायतले मन्तव्य राखेका थिए । सो अबसरमा उनीहरुले दिप प्रज्वलन समेत गरेेेका थिए  ।

प्रतिक्रिया दिनुहोस !