काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७ सय २२   जना नयाँ संक्रमित थप भएका छन् । पीसीआर विधिबाट ७ हजार जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ५५ हजार २ सय ३६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ६६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ४५ हजार ७०९ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ३ जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ९८ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ७सय  २९ छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १८ लाख ८४ हजार १ सय ८१ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ७ हजार ७ सय २९ जना आइसोलेसन र ४ सय १३ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया दिनुहोस !