प्रचलित :

काठमाडों । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विस्तारित केन्द्रीय कमिटीको सूची निर्वाचन आयोगमा बुझाएको छ ।

नेकपाको केन्द्री कमिटी पुनर्गठन भएको सूचनासहितको सूची आयोगमा दर्ता भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

केही बेरअघि सम्पन्न नेकपा केन्द्रीय कमिटीको बैठकले ५५६ जना केन्द्रीय सदस्य थप गरेको थियो ।

यो समाचार पनि पढ्नुहोस

नेकपा केन्द्रीय कमिटीद्वारा १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा
आगामी मंसिरमा महाधिवेशन गर्ने नेकपा केन्द्रीय कमिटीको निर्णय

बुधबार सातै प्रदेशका कार्यकर्ताको भेला

यसैबीच नेकपाको केन्द्रीय कमिटी बैठकले भोलि बुधबार सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ । भेलाका लागि मुख्य वक्ता समेत तोकिएको नेकपाले जनाएको छ ।

जसअनुसार गण्डकी प्रदेशको वक्तामा टोपवहादुर रायमाझी, कर्णाालीमा शंकर पोखरेल र यामलाल कँडेल, सुदूरपश्चिम प्रदेशमा प्रदीप ज्ञवाली, लेखराज भट्ट, र कर्ण थापा तोकिएका छन् ।

यस्तै लुम्बिनीमा खिमलाल भट्टराई र प्रदेश २ को संयोजनको जिम्मेवारी सुमन प्याकुरेलले गर्ने बताइएको छ । साथै, वागमतीको संयोजन आनन्द पोखरेलले गर्ने निर्णय भेलाले गरेको छ ।

प्रतिक्रिया दिनुहोस !