प्रचलित :

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सांसदहरूको बैठक बालुवाटारमा भएको छ। १७ र २७ वैशाखका लागि घोषणा गरिएको चुनावका विषय, पार्टीभित्रको विवाद र प्रतिनिधि सभा विघटनबारे ओलीले ब्रिफिङ गरेका छन्।

ओलीलाई भोली हुने केन्द्रीय समितिको बैठकबाट अनुशासनको कारबाही गर्ने हिजोको स्थायी समिति बैठको प्रस्तावका विषयमा पनि भएको बताइन्छ।

स्थायी समितिले उनलाई कारबाहीका लागि गरेको सिफारिस अमान्य हुने ओलीको ठहर छ। केन्द्रीय समितिको बैठकमा बहुमतले कारबाही गरिए ओलीले पार्टी विभाजन गर्नेछन्।

यसैबीच संसदीय दलबाटै नेकपा विभाजन हुन सक्ने विषयमा पनि चर्चा गरिएको छ। एक सांसदका अनुसार पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाललगायतका नेताले विभाजनको खेल भए त्यो तहमा पुगेर निर्णय हुनसक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस !