प्रचलित :

काठमाडौं । प्रतिनिधिसभा विघटन र मध्यावधि चुनाव घोषणासँगै दलहरू छलफलहरूमा जुटेका छन् ।प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहितका विपक्षी दलहरूको बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी ओलीले पनि आफू निकट नेता र सांसदहरुसँग छलफल गर्दै छन ।कांग्रेसका सभापति शेरबहादुर देउवाले दिउँसो ४ बजे पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाएका छन ।

बैठकमा प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थितिका विषयमा छलफल गरेर साझा धारणा बनाउने कांग्रेसले जनाएको छ ।प्रधानमन्त्री ओलीले संसद विघटन गरेसँगै नेकपाका प्रचण्ड–नेपाल समूह तथा कांग्रेससहितका विपक्षी दलहरू असन्तुष्ट छन् । संसद विघटन गर्नु गैरसंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै विपक्षी दलले आपत्ति जनाएका छन् ।प्रधानमन्त्री ओलीले बिहान आफू निकटका नेता तथा सांसदहरूलाई बालुवाटार बोलाएका छन ।

प्रतिक्रिया दिनुहोस !