प्रचलित :

काठमाडौं । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटमा उपाध्यक्ष बामदेव गौतम पनि मिसिएका छन् ।

स्थायी कमिटी बैठकको पूर्वसन्धयामा भएको तीन नेताहरुको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

ओली १० बजेर ४७ मिनेटमा खुमलटार पुगेका थिए भने गौतम भने केही समयपछि पुगेका हुन् ।

यसअघि बिहान महासचिव विष्णु पौडेल पनि खुमलटार पुगेका थिए ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली खुमलटारबाट बाहिरिएका छन् ।

बिहान १० बजेपछि खुमलटार पुगेका ओली करिब १ घण्टा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वार्ता गरेर बाहिरिएका हुन् । 

ओली बाहिरिएसँगै वरिष्ठ नेता माधवकुमार नेपाल खुमलटार पुगेका छन् । खुमलटार पुगेका नेपालसँग दाहालले ओलीसँग भएका अन्तरंग कुराकानीबारे जानकारी गराउने बुझिएको छ ।

शुरुमा दुई अध्यक्ष मात्रै वार्तामा बसेका थिए । त्यसपछि केही समयपछि उपाध्यक्ष बामदेव गौतम पनि पुगेका थिए । ओलीसँगै उपाध्यक्ष गौतम पनि निस्केका छन् ।

प्रतिक्रिया दिनुहोस !