चितवन । नेपाल जेसिजको ४७ औं राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय अध्यक्षमा फराकिलो मतान्तरका साथ चितवनका अरुणेश्वर खनाल विजयी भएका छन् । यसअघिको अध्यक्ष दौडमा पराजित भए पनि यसपालीको भलबारी (रुपन्देही) महाधिवेशनमा खनालले आधा भन्दा बढी मतान्तरले जित हासिल गरे ।

खनालले एक हजार ९० मत पाउँदा प्रतिष्पर्धी लालमणि भण्डारीले पाँच सय १२ मत मात्र पाए । सातमध्ये तीन उम्मेदवारले आफ्ना पक्षमा उम्मेदवारी फिर्ता लिएपछि खनाल उच्च मनोबलका साथ मैदानमा थिए ।
बिसहजार जेसिज चितवनका तर्फबाट दोस्रोपटक अध्यक्षको दौडमा उत्रिएका खनालले यसअघि नेपाल जेसिजमा कार्यकारी उपाध्यक्ष, महासचिवलगायतका पदमा काम गरिसकेका छन् ।

त्यसै गरि राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा शिवप्रसाद भुषाल, राष्ट्रिय उपाध्यक्षमा अनोज जोशी र प्रमिसा काफ्ले निर्वाचित हुनु भएको छ । शुक्रबार भएको मतदानबाट खनाल, भुषाल, जोशी र काफ्ले भारी मतान्तरका साथ विजयी हुनु भएको हो ।

यसैगरी राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा चितवनकै शिवप्रसाद भुषाल, राष्ट्रिय उपाध्यक्षमा अनोज जोशी र प्रमिसा काफ्ले निर्वाचित हुनु भएको छ । रुपन्देहीको भलबारीमा शुक्रबार नेपाल जेसीजको आयोजना तथा भलवारी जेसीजको आतिथ्यतामा सम्पन्न भएको अधिवेशनको मतगणना परिणाम राती अबेर आएको हो ।

प्रतिक्रिया दिनुहोस !