मुख्यमन्त्री लालबाबु राउतले विवाह पञ्चमी महोत्सवको शुभ अवसरमा सम्पूर्ण हिन्दू धर्मालम्बीप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी गरिएको शुभकामना सन्देशमा त्रेतायुगमा माता सीता र भगवान रामको विवाह भएको संस्मरणमा प्रत्येक वर्ष मनाइने विवाह पञ्चमी महोत्सवका अवसरमा सम्पूर्ण हिन्दू धर्मालम्बी तथा महोत्सवमा सहभागी हुन जनकपुर पाल्नुभएका श्रद्धालु भक्तजनप्रति हार्दिक शुभकामना व्यक्त गरिएको उल्लेख छ ।

मुख्यमन्त्री राउतले कोरोना महामारीको जोखिम अझै कायम रहेकाले स्वास्थ्य सतर्कता अपनाइ पर्व मनाउन आग्रहसमेत गर्नुभएको छ । राम जानकी विवाह पञ्चमी धार्मिक एवं सांस्कृतिक विधिपूर्वक भोलि जनकपुरधाममा उल्लासमय वातावरणमा मनाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस !