काठमाडौं। कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा सवारी साधनमा लगाइएको जोर/बिजोर प्रणाली  आजदेखि हटाइने भएको छ । उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयहरू (काठमाडौं, भक्तपुर र ललितपुर) ले संयुक्त निर्णय गर्दै भोलीदेखि लागू हुनेगरी सवारी साधनमा लगाइएको जोर/बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

गत वर्षको चैत ११ गतेदेखि लकडाउन घोषणाा गरिएको थियो, भने त्यसको चार महिनापछि लकडाउन हटाइएको थियो । तर, कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सवारी साधनमा लागू गरिएको जोर/विजोर प्रणाली भने कायमै थियो । जोर/विजोर प्रणाली हटाउने निर्णयसँगै सर्वसाधारण यात्रुहरुले सहज यात्रा गर्न पाउने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस !