लामो समयको अन्तराल पछि अघिल्लो हप्ता देखि हुम्लामा उडान भर्दै आएको नेपाल एयरलाइन्सले हुम्ला देखि नेपालगञ्ज सम्मको भाडादर घटाएको छ ।

यस अघि हुम्ला देखि नेपालगञ्ज सम्मको रु छ हजार ५९५ भाडा लिँदै आएको नेपाल एरलाइन्सले घटाएर अहिले रु पाँच हजार ३०० कायम गरेको छ । नेपालगञ्जबाट उडान भर्दै आएका निजी एयरलाइन्सले नेपाल एयरलाइन्स भन्दा कम भाडा लिने भएका कारण केन्द्रीय कार्यालयमा हुम्लाको शाखाबाट भाडा घटाउन आग्रह गरेपछि बुधबार देखि घटेको सिमकोट शाखाका प्रमुख बलबहादुर सुनारले जानकारी दिनुभयो ।

यसै गरी नेपालगञ्ज देखि सिमकोटसम्म सात हजार ९०० भाडादर रहेको उहाँले जानकारी दिनुभयो । नेपाल एयरलाइन्सले हुम्लामा हप्ताको एक दिन सोमबार उडान भर्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस !