
घोराही । दाङ जिल्लामा गुडीरहेको बसमा आगो लागेर क्षति भएको छ ।
सोमबार तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका–१३ बखरियामा आगो लागेको प्रहरीले जनाएको छ ।
बसका चालक पतिराम चौधरीले बसमा एकाएक आगो देखिएपछि बस रोकेर यात्रु झारेको जानकारी दिएका छन ।
‘बसमा १२–१३ जना यात्रुहरू रहेका थिए । मानवीय क्षति भएको छैन ।
चालक चौधरीले ब्याट्रीको तार सर्ट भएपछि बसको अगाडिको भागवाट आगो सल्किएको जानकारी दिएका छन ।