शिशिर सिंखडा, गोरखा । गोरखाको  गण्डकी गाउँपालिका वडा नंं-७ स्थित ज्ञानमार्ग माबी घ्याल्चोकको छात्रबासमा रहेका २६ जना चेपाङ विद्यार्थीहरुलाई खाद्यान्न र स्टेशनरी सहयोग गरिएको छ । सो छात्राबासमा बसेर अध्ययन गर्ने कक्षा ११ र १२ का २६ जना चेपाङ विद्यार्थीहरु लाई २० बोरा चामल, २० दर्जन कापी, कलम, दाल, खाने तेल, बेसार, मस्यौरा, नुन, भुजा लगायतका करिब १ लाख रुपैया बराबरको सामाग्रीहरु सहयोग गरिएको हो ।

सोही बिधालयमा अध्ययन गरि २०४८ सालमा एसएलसी परिक्षामा उतिर्ण भएका विद्यार्थी केपी किरण शर्माले चेपाङ विद्यार्थीहरुलाई सो सहयोग गर्नु भएको हो । साथै सोही अबसरमा सो बिधालयका २०४८ सालका एसएलसी ब्याची विद्यार्थीहरुको पुनर्मिलन कार्यक्रम समेत भएको थियो ।
पत्रकार एवं चेपाङ अभियन्ता शर्मा चितवनको रत्ननगर-११, मंगलपुर स्थित गामबेंशीकाे चेपाङ संरक्षण केन्द्रको अध्यक्ष समेत हुनुहुन्छ । सो केन्द्रमा हाल करिब २ सय बिपन्न चेपाङ विद्यार्थी आश्रित रहि अध्ययन गरिरहेका छन ।
बिधालयमा आयोजित सो कार्यक्रममा बिधालय ब्यबस्थापन समितिका सदस्य रामशरण रेग्मी, बिधालयका प्रधानाध्यापक टंकप्रसाद नेपाल, पुर्व प्रधानाध्यापक धुर्वराज रेग्मी, चेपाङ संघका महासचिव तथा बिधालयका शिक्षक आइतसिं चेपाङ, पुर्व विद्यार्थी कृष्ण रेग्मी, दिपक तिमील्सेना, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य तथा पत्रकार शिशिर सिंखडा बिधालयका शिक्षक, पुर्वविद्यार्थीहरु लगायतले मन्तव्य राख्नु भएको थियो ।
बिधालयका पुर्व प्रधानाध्यापक र चेपाङ अभियन्ता सम्मानित 
बिधालयमा आयोजित सोही कार्यक्रमको अबसरमा ज्ञानमार्ग माबी कै पुर्व प्रधानाध्यापक एवं शिक्षाबिद डा. धुर्वराज रेग्मीलाई चितवन स्थित गामबेंशीकाे चेपाङ संरक्षण केन्द्रको तर्फबाट सम्मान गरिएको थियो । रेग्मीले बिधालयको उन्नतिका लागि पु-र्याउनु भएको योगदानको मुल्यांकन गर्दै सो सम्मान गरिएको चेपाङ अभियन्ता शर्माले कालिका दैनिकलाई बताउनु भयो ।
साथै सो बिधालयको तर्फबाट पनि चेपाङ अभियन्ता केपी किरण शर्मालाई सम्मान गरिएको थियो ।
सो बिधालय गोरखा जिल्लाकै उत्कृष्ट बिधालय मध्यको एक बिधालय समेत हो ।

प्रतिक्रिया दिनुहोस !