गोरखा । गोरखाको आरुघाट, अल्काटार घर भइ हाल काठमाडौं बस्दै आएकी आनवी बन्जाराले आफ्नो १४औं जन्मोत्सवको अबसरमा बिधालयको अक्षय कोषको लागि र बिपन्न विद्यार्थीको अध्ययनको लागि आर्थिक सहयोग गरेकी छन । 
आफ्नो जन्मोत्सवको अबसरमा उनले गोरखाको पालुङटार – ४, बारपिर्के स्थित भृकुटी आधारभुत बिधालयको अक्षयकोषको लागि ७० हजार रुपैया सहयोग गरेकी हुन । सो रकमबाट बिधालयका बिपन्न र जेहेन्दार विद्यार्थी हरुले छात्रवृत्ति प्राप्त गरि पढ्न पाउने छन । साथै सो रकमबाट सोही बिधालयमा अङ्ग्रेजी माध्यमको पढाईको लागि आबस्यक सामाग्री जुटाउन र निजि शिक्षकको लागि समेत सहयोग पुग्ने बताइएको छ । साथै सोही बिधालयको लागि  रु ५ हजार बराबरको १ हजार १ सय थान माक्स समेत जन्मदिनकै अबसरमा उपलब्ध गराइएको थियो । त्यसैगरी जन्मदिनकै अबसरमा पालुङटार- ४, लुइँटेलको अमरज्योती माबीमा पनि ४५ हजार ८ सय रुपैया सहयोग गरिएको छ । सो बिधालयमा अध्ययन गर्ने नेत्रहीन विद्यार्थीहरु लाई आबश्यक सेतो छडी, पोशाक, स्टेशनरी लगाएतका सामाग्रीहरु खरिद गर्न
सो सहयोग रकम आनवीका बुबा आकाश बन्जाराले उपलब्ध गराउनु भएको हो । बन्जाराले पठाउनु भएको सो रकम ग्लोबल गोरखा समाजका नेपाल प्रतिनिधि एवं नेपाल संयोजक बिनोद पोख्रेल मार्फत पठाइएको हो । सो रकमको चेक पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कंडेलले सो बिधालय कि प्रधानाध्यापक तारा जोशीलाई हस्तान्तरण गर्नुभएको समाजका नेपाल संयोजक पोख्रेलले कालिका दैनिकलाई जानकारी दिनु भयो । अमरज्योती माबीको सो सहयोग रकम भने भोलि शनिबार हस्तान्तरण गरिने समाजका नेपाल संयोजक पोख्रेलले जानकारी दिनु भयो । 
साथै आनवी बन्जाराको जन्मोत्सव कै अबसरमा फोक्सोमा निमोनिया भइ थलिएर काठमाडौंमा रहेका राकेश योगीका ३ जना बाबु नानीको अध्ययनको लागि पनि ३० हजार २ सय रुपैया सहयोग गरिएको छ ।  यस अगाडी पनि राकेश योगीको उपचारको लागि आकाश बन्जाराले रु ३० हजार सहयोग गर्नु भएको थियो । गोरखाको आरुघाट, अल्काटार स्थाई घर भइ हाल ग्लोबल गोरखा समाज, अन्तर्राष्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष रहेका आकाश बन्जारा हङकङका सफल हेन्डीक्राफ्ट  ब्वबसायी हुन । कालिका दैनिकका डाइरेक्टर समेत रहेका बन्जाराले नेपालमा यस अगाडी पनि विभिन्न क्षेत्रमा सहयोगहरु गर्दै आएका छन  । 

प्रतिक्रिया दिनुहोस !