प्रचलित :

अफगानिस्तानको । अफगानिस्तानको  उत्तरी प्रान्त फर्याबमा अफगान सेनाले गरेको हवाई कारबाहीमा परी यहाँका कम्तीमा पनि आठ जना तालिबानी मारिएका छन् । ती तालिबानीहरु लुकेर बसेको सूचनाका आधारमा गरिएको कारबाहीमा अरु चार जना घाइते भएका यहाँको रक्षा मन्त्रालयले जानकारी दिएको छ । उक्त प्रान्तको साराइयाब क्षेत्रमा तालिबानीहरु लुकेर बसेको सूचनाका आधारमा गरिएको कारबाहीमा उनीहरु मारिएका बताइएको छ । त्यस क्षेत्रका केही समययतादेखि उनीहरुले आतंककारी क्रियाकलाप गरेका थिए । पछिल्लो समयमा अफगानिस्तानको सरकार र तालिबानीबीच कतारमा वार्ता शुरु भएको भनिएको भए पनि हिंसा भने रोकिएको छैन । तालिबानीहरुले वार्ताका क्रममा युद्धविराम गरेको भने पनि उनीहरुले हिंसात्मक आक्रमण गर्न भने रोकेका छैनन् । –रासस

प्रतिक्रिया दिनुहोस !